काठमाडौं: गृहमन्त्री सुधन गुरुङ ले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले विशेष तयारी गरेको बताएका छन्।

उनले विपद्का बेला मन्त्रीहरूको निरीक्षणभन्दा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए।

बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले पहिरो तथा सडक अवरोध भएका क्षेत्रको निगरानी गर्न मोबाइल एप विकास गरिएको जानकारी दिए।

उनका अनुसार उक्त एपमार्फत देशभर रहेका डोजर तथा सडक खुलाउने उपकरणहरूको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न सकिनेछ।

कुनै क्षेत्रमा विपद् वा सडक अवरोध भएमा नजिकको उपकरण परिचालन गरेर छिटो सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

मन्त्री गुरुङले मनसुनजन्य विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक परे हेलिकप्टर समेत परिचालन गरिने बताए।

विगतमा विपद् व्यवस्थापनका क्रममा देखिएका कमजोरी सुधार गर्दै यसपटक नागरिकलाई लामो समय सडकमा अलपत्र पर्न नदिने प्रयास भइरहेको उनको भनाइ छ।

सरकारले प्रविधिको प्रयोगमार्फत विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र जोखिमयुक्त क्षेत्रमा छिटो प्रतिक्रिया दिने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय