काठमाडौं:  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सृजना गर्ने गरी सरकार काम गरिरहेको बताएका छन्।

प्रतिनिधिसभामा मन्त्रालयको बजेट छलफलको क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा रोजगारका अवसर बढाउने कार्यक्रम सञ्चालन भइरहेको बताए।

मन्त्री यादवका अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत स्वदेशमै रोजगारी सृजना गर्ने प्रयास भइरहेको छ।

विदेशबाट फर्किएका युवाहरूको सीप र रुचि पहिचान गरेर उनीहरूलाई देशभित्रै अवसर दिने योजना रहेको उनले बताए।

उनले नीति, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट पार्दै रोजगारीका कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय