काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छिन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरू कठिन अवस्थामा रहेको बताइन्।

ओलीले केही समयअघि समस्यामा परेकी सर्मिला दर्जीलाई उद्धार गरेर नेपाल फर्काउन सफल भएको उल्लेख गर्दै त्यहाँ अझै धेरै नेपाली महिला समस्यामा रहेको जानकारी दिइन्।

उनले कुवेतमा सयौँ नेपाली महिला जेलमा रहेको र उनीहरूको उद्धारका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय