काठमाडौँ:भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।
भारत भ्रमणमा रहनुभएका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राख्नुभएको हो।

प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताउनुभएको छ।
भाजपाको निमन्त्रणामा ५ दिने भारत भ्रमणमा रहनुभएका लामिछानेको टोलीमा रास्वपाका सांसद र नेताहरू सहभागी हुनुहुन्छ।




