दिल्ली: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, विकास साझेदारी तथा दुई देशबीचको सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिकता प्राप्त साझेदार रहेको उल्लेख गर्दै नेपाल र भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भारत तत्पर रहेको बताएका छन्।

उनले नयाँ सरकारसँग सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय