काठमाडौँ: सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको ‘मन्ट्रियल प्रोटोकल’ कार्यान्वयनसम्बन्धी सम्झौतालाई स्वीकृत गरेको छ भने २०८० भदौको प्रदर्शनको घटना सम्बन्धी सुरक्षा अध्ययन समितिको म्याद ४५ दिन थप गरेको छ।

यसैगरी, भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीरप्रसाद न्यौपाने, पद्मनीति सोती र डा. रोहना श्रेष्ठलाई नियुक्त गर्दै सरकारले प्रशासनिक र वातावरणीय क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू अघि बढाएको छ।




