काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी मनोनित हुनुभएको छ।

रास्वपा केन्द्रीय सचिवालयको हालै बसेको बैठकले काठमाडौँ निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टीको सांगठनिक सुदृढीकरण र आगामी निर्वाचन सम्बन्धी रणनीतिहरू तय गर्न केसीको मनोनयनलाई महत्त्वका साथ हेरिएको छ।

सचिवालय बैठकको निर्णयलगत्तै पार्टीले उहाँलाई नयाँ जिम्मेवारी सुम्पिएको जानकारी गराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय