काठमाडौं: गर्मीको मौसम सुरु भएसँगै बजारमा नयाँ-नयाँ पेय पदार्थ भित्रिने क्रम बढेको छ ।

यसैबीच, सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली उपभोक्ताका लागि नयाँ ‘क्लाउडी लेमन’ पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले यसलाई आफ्नो पेय पदार्थको सूचीमा पछिल्लो र आधुनिक उत्पादनका रूपमा भित्राएको हो ।

कम्पनीका अनुसार यो पेय पदार्थमा कागतीको वास्तविक ताजगीसँगै विशेष ‘क्लाउडी’ (अलि गाढा) बनावटको संयोजन गरिएको छ ।

जसले गर्दा उपभोक्ताले सामान्य कागती पानीभन्दा अझ गाढा, सन्तुलित र फरक स्वादको अनुभव गर्न पाउनेछन् ।

विशेषगरी चर्को गर्मीमा तत्कालै स्फूर्ति दिने पेय पदार्थका रूपमा यसलाई प्रबर्द्धन गरिएको छ ।

उपभोक्ताको सहजताका लागि यो पेय पदार्थ दुईवटा फरक साइजमा उपलब्ध गराइएको छ ।

बजारमा २५० मिलिलिटरको बोतललाई ३० रुपैयाँ र १ लिटरको पारिवारिक बोतललाई ९९ रुपैयाँ निर्धारण गरिएको छ, जुन बजारका अन्य पेय पदार्थको तुलनामा निकै सुलभ मानिएको छ ।

सीजी रिलायन्सले नेपाली बजारमा यसअघि नै क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज तथा क्याम्पा इनर्जी गोल्ड बुस्टजस्ता लोकप्रिय उत्पादनहरू बिक्री गर्दै आएको छ।

हालै बजारमा आएको ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ र यो नयाँ ‘क्याम्पा लेमोनाइट’ मार्फत उपभोक्तालाई कम मूल्यमै गुणस्तरीय स्वाद र धेरै विकल्प दिने कम्पनीको लक्ष्य छ ।

यो नयाँ ड्रिंक अहिले देशभरका नजिकैका खुद्रा किराना पसल तथा सुपरमार्केटहरूमा सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय