काठमाडौँ: काठमाडौँ महानगर स्तरीय पौडी प्रतियोगितामा १६१ अङ्क प्राप्त गर्दै आयोजक वडा नं. २९ टोली विजेता बनेको छ।

बालाजु बाइसधारामा सञ्चालित प्रतियोगितामा १२१ अङ्कसहित वडा नं. ७ दोस्रो र ११० अङ्कसहित वडा नं. २२ तेस्रो भएका छन्।

खेलमा पुरुषतर्फ वडा नं. ५ का सक्षम श्रेष्ठ र महिलातर्फ वडा नं. १८ की लुमना महर्जन उत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५ हजार रुपियाँसहित ट्रफी र मेडल जित्न सफल भए।

समापन समारोहमा वडाध्यक्ष कुश ढकालले स्थानीय स्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न वडाले नियमित पौडी प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय