काठमाडौँ: प्रतिनिधि सभाको सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती र देशद्रोही’ को संज्ञा दिँदै तत्काल माफी माग्न माग गर्नुभएको छ।

नेपालले कतै पनि एक इन्च भूमि नमिचेको स्पष्ट पार्दै प्रमुख सचेतक महरले प्रधानमन्त्रीलाई इतिहास र सीमाबारे थाहा नभए अध्ययन गर्न र नजाने आफूहरूसँग सिक्न आउन चुनौती दिनुभयो।

प्रधानमन्त्रीको भनाइले भारतीय मिडियामा खुसीयाली मनाइएको र रास्वपा सभापति रवि लामिछानेको दिल्ली भ्रमणअघि विदेशीको चाकडी गरिएको आरोप लगाउँदै उहाँले प्रधानमन्त्रीको संसद्‍भित्रको पोसाकमाथि समेत कडा आपत्ति जनाउनुभएको छ।

सेनाको कार्यक्रममा नेपाली पोसाकमा जाने प्रधानमन्त्री सदनमा भने ‘फुटबल खेल्ने ड्रेस’ मा आएर संसद्को गरिमा घटाएको भन्दै महरले देशवासीका नाममा माफी नमागेसम्म एमालेले विरोध जारी राख्ने चेतावनी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय