काठमाडौँ:  प्रतिनिधि सभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसद्‍मा प्रश्नको वर्षा गर्नुभएको छ।

प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको बयान कूटनीतिक रूपमा लज्जास्पद र राष्ट्रहित विपरीत भएको उल्लेख गर्दै सांसद राईले भोलि भारतले सोही भनाइलाई आधार बनाएर ‘तिम्रै प्रधानमन्त्रीले स्वीकारेको भूमि फिर्ता देऊ’ भनी दाबी गरेमा नेपालले कुन भूमि दिने भन्दै गम्भीर प्रश्न उठाउनुभएको हो।

यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा गलत नजिर स्थापित गर्ने जोखिम रहेको भन्दै उहाँले प्रधानमन्त्रीले संसद्‍को रोस्ट्रममै आएर देशवासीसँग माफी माग्नुपर्ने अडान राख्नुभएको छ भने प्रधानमन्त्री उपस्थित नभएसम्म आफ्नो पार्टीले संसद् चल्न नदिने चेतावनी दिँदै सभामुख डिपी अर्यालसँग रुलिङको मागसमेत गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय