काठमाडौँ: प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन उपस्थित भएकै दिन श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ संसद्मा अनुपस्थित भएका छन्।
प्रधानमन्त्रीले संसद्मै आएर राष्ट्रिय मुद्दाहरूमा जवाफ दिनुपर्ने माग राख्दै साम्पाङले लामो समयदेखि संसद्भित्रै आन्दोलन र बैठक बहिष्कार गर्दै आएका थिए।

तर, आज प्रधानमन्त्री स्वयं उपस्थित हुँदा साम्पाङ बैठकमा नदेखिनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
साम्पाङ आज संसद् नआउनु केवल एउटा ‘संयोग’ मात्र हुनसक्ने अनुमान गरिएको छ। आजको बैठकमा श्रम संस्कृति पार्टीका अन्य केही सांसदहरू पनि अनुपस्थित थिए।
अध्यक्ष साम्पाङ अनुपस्थित भए पनि सोही पार्टीका तर्फबाट सांसद आरेन राईले भने बैठकमा भाग लिएका छन्। उनले संसद्को कार्यसूचीअनुसार प्रधानमन्त्री शाहलाई समसामयिक र विकास निर्माणका विषयमा सीधा प्रश्न सोधेका थिए।
आफ्नै मागबमोजिम प्रधानमन्त्री संसद्मा आउँदा आन्दोलनको नेतृत्व गर्ने मुख्य नेता नै अनुपस्थित भएपछि यतिबेला संसद् परिसरमा यसबारे विभिन्न चर्चा र अड्कलबाजी सुरु भएका छन्।



