काठमाडौँ: देश संकटमा हुँदा नेतृत्व सम्हालेका नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि ‘जेन जी’ (Gen Z) आन्दोलनलाई लिएर भइरहेको चौतर्फी प्रहारलाई सुरक्षा विश्लेषक र स्रोतहरूले अन्यायपूर्ण र तथ्यहीन बताएका छन् ।
वास्तविक तथ्य अनुसार भदौ २३ गतेको घटना हुँदा तत्कालीन एआईजी कार्की उपत्यकाको कमाण्डमै थिएनन् भने २४ भदौमा तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङको मौखिक आदेशमा अन्य अधिकारीहरू कमाण्ड लिन हच्किरहेको कठीन परिस्थितिमा मात्र उनी मैदानमा खटिएका थिए; त्यस्तो संवेदनशील अवस्थामा पनि उनले प्रहरीलाई आफ्ना संरचना जोगाउँदै नागरिकमाथि न्यूनतम बल प्रयोग गर्न र “मार्ने वा मर्ने अवस्थाबाट टाढा रहन” स्पष्ट निर्देशन दिएका थिए ।

आन्दोलनपछि ध्वस्त भएको प्रहरीको मनोबल उकास्न, संगठनलाई पुनर्जीवित गर्न र जनउत्तरदायी सुधार अभियान चलाउन उनले खेलेको नेतृत्वदायी भूमिकाकै कारण गत २०८२ फागुन २१ गतेको निर्वाचन नेपालको इतिहासमै कतै पनि मतदान स्थगित नभई पूर्ण रूपमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन सक्यो; तसर्थ, तत्कालीन कमाण्ड संरचनाको यथार्थ र त्यसपछिका ऐतिहासिक सुधारात्मक योगदानहरूलाई पूर्ण रूपमा बेवास्ता गरेर वर्तमान नेतृत्वमाथि मात्रै एकपक्षीय रूपमा दोष थोपर्ने प्रवृत्तिले सुरक्षा संगठनको मनोबल पुनः कमजोर बनाउने खतरा देखिन्छ।



