काठमाडौँ: काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभले १ लाख ५० हजार रुपियाँसम्म बचत भएका ३४ जना बचतकर्ताको रकम फिर्ता गरेको छ भने आगामी एक महिनाभित्र ५ लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना बनाएको छ।

महानगरको वडा नं. ६ मा सञ्चालित यस सहकारीका उपाध्यक्ष रविन लामाले ठूला बचतकर्ताको हकमा ऋणीहरूलाई ताकेता गर्दै रकम फिर्ता गरिने बताउनुभयो।

विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार अहिले वडा अध्यक्ष र वडा महिला सञ्जालमार्फत बचत फिर्ता र ऋण असुलीका लागि सञ्चालक, बचतकर्ता र ऋणीबीच मेलमिलाप तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

वडाले बोलाउँदा पनि ऋण नतिर्ने वा सम्पर्कमा नआउने ऋणीहरूको सार्वजनिक आधारभूत सेवा रोक्न सिफारिस गरिने विभागले जनाएको छ, जहाँ महानगरभित्रका ७२६ सहकारी सम्पर्कमा रहँदा १ हजार १८६ वटा संस्थाहरू अझै सम्पर्क विहीन छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय