काठमाडौँ: विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले नेपाली उपभोक्ताहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम ‘डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC)’ शृङ्खला नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि एलजीको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा काठमाडौँको होटल भिभान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच यो नयाँ प्रविधि सार्वजनिक गरिएको हो ।
बढ्दो ऊर्जा लागत र विद्युत् महसुललाई मध्यनजर गर्दै एलजीले यसपटक विशेष गरी “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि बजारमा ल्याएको छ । यो प्रविधिले नेपाली घरपरिवारको आवश्यकता अनुसार विद्युत् बिल नियन्त्रण गर्न र ऊर्जा बचत गर्न प्रभावकारी भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
नयाँ रेन्जका उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वान चौधरीद्वारा गरिएको थियो । कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले भन्नुभयो, “एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिको सहयोगले उपभोक्ताले आफ्नो गुडविल र घरायसी खर्चमा अझ प्रभावकारी नियन्त्रण पाउनुहुनेछ । ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ ।”

के हुन् एलजी डुअलकुल एयर कन्डिसनरका विशेषताहरू?
१:किलोवाट म्यानेजर: उपभोक्ताहरूले एलजी थिनक्यु (LG ThinQ) एपमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न, आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि आफैँ निर्धारण गर्न सक्नेछन् । यसले असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना समेत दिन्छ ।
२: ७०% सम्म ऊर्जा बचत: डुअल इन्भर्टर कम्प्रेसरयुक्त यो एसीले साधारण एसीको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै ४० प्रतिशत चाँडो शीतल गराउँछ ।
३: फ्रिज क्लिन प्रविधि: यो प्रविधिले इभापोरेटरमा जम्मा भएका धुलो, ब्याक्टेरिया र अशुद्धिहरूलाई बरफको तह बनाई ड्रेनेजमार्फत बाहिर निकाल्छ । यसले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियालाई ९९ प्रतिशतसम्म हटाएर कोठाभित्र स्वच्छ र स्वस्थ हावा प्रवाह सुनिश्चित गर्दछ ।
४: नेपाली वातावरण अनुकूल डिजाइन: नेपालको मौसम र विद्युत् अवस्थालाई ध्यानमा राख्दै यसमा अतिरिक्त सुरक्षाका लागि गोल्ड फिन+ एन्टि-कोरोसन कोटिङ र दीर्घकालीन टिकाउपनका लागि १००% कपर ट्युब प्रयोग गरिएको छ ।
स्टेबलाइजर-फ्री अपरेसन: नेपालमा सामान्य रूपमा हुने भोल्टेज उतारचढावका बीच पनि यो एसी बिना स्टेबलाइजर सुरक्षित र भरपर्दो रूपमा सञ्चालन हुन सक्छ ।
५: कनभर्टिबल ५-इन-१ मोड: आवश्यकता अनुसार चलाउन मिल्ने बहुउपयोगी मोडहरू यसमा समावेश छन् ।



कम्पनीहरूको पृष्ठभूमि
एलजी इलेक्ट्रोनिक्स: विश्वस्तरमा घरायसी उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स, र एयर सोलुसन प्रदायक कम्पनी हो, जसले आफ्नो उपभोक्ता-केन्द्रित नवीन प्रविधिका माध्यमबाट दैनिक जीवनलाई सहज बनाउँदै आएको छ ।
सीजी इलेक्ट्रोनिक्स: चौधरी कर्प ग्लोबल अन्तर्गतको कम्पनी सीजी इलेक्ट्रोनिक्स विगत चार दशकभन्दा बढी समयदेखि एलजीका उत्पादनहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरकको रूपमा रहँदै आएको छ र नेपालमा प्रिमियम ब्राण्ड स्थापित गर्न सफल छ ।



