काठमाडौं: संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलले आज मुलुकको उद्योग, वाणिज्य तथा निजी क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूसँग सुझाव सङ्कलन सुरु गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आयोजना गरेको हो।

संविधान संशोधनको प्रक्रियामा आर्थिक सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रका एजेन्डाहरूलाई समेट्ने उद्देश्यले आयोजित यस छलफलमा उद्योगी तथा व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय