काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि संसद्‍भित्रको राजनीतिक तनाव थप चुलिएको छ।

प्रधानमन्त्री संसद्‍मा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी दलहरूले गरिरहेको अवरोधका बीच पर्यटन विधेयकमाथिको छलफलमा बोल्दै सांसद खरेलले प्रतिपक्षले संसद्‍मा ‘तमासा’ देखाएको आरोप लगाएका हुन्।

रोष्ट्रमबाटै आक्रामक रूपमा प्रस्तुत भएका खरेलले ४८ वर्षदेखि बन्न नसकेको महत्त्वपूर्ण पर्यटन ऐन अगाडि बढाउन खोज्दा एउटा प्रधानमन्त्री आउने-नआउने विषयलाई लिएर ‘हलो अड्काउन’ नहुने जिकिर गरे।

संसद् कानुन बनाउने थलो भएको स्मरण गराउँदै उनले सदनको काम रोक्न नहुने बताएपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित बनेका थिए। प्रतिपक्षको तीव्र विरोध र नाराबाजीका कारण स्थिति तनावपूर्ण बनेपछि सभामुख डोलप्रसाद अर्यालले छलफल बीचैमा रोकेर आजको संसद् बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय