काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह र युरोपेली संघ (इयू) मा आबद्ध देशका काठमाडौँ तथा नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत एवं मिसन प्रमुखहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता भएको छ।

उक्त उच्चस्तरीय बैठकमा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र साझा चासोका विषयमा केन्द्रित रहेर छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको दिगो विकास, पूर्वाधार निर्माण र जलवायु परिवर्तनको क्षेत्रमा इयूले पुर्‍याउँदै आएको कूटनीतिक तथा आर्थिक सहयोगको सराहना गर्नुभयो भने इयूका प्रतिनिधिहरूले नेपालको विकास प्रक्रियामा सहयोगलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय