काठमाडौँ: काठमाडौँ महानगरपालिकाले कला र संस्कृतिको संरक्षणका लागि रचनात्मक कार्यक्रमहरूलाई तीव्रता दिएको छ।

यसै क्रममा महानगरपालिकाले नेपाः डान्स एकेडेमी र नेपाः सांस्कृतिक पुचःसँगको सहकार्यमा राष्ट्रिय नाचघरमा एक विशेष समारोह आयोजना गरी चर्या नृत्यका वरिष्ठ गुरु यज्ञपतिमान बज्राचार्यलाई सम्मान गरेको छ।

‘चर्या नृत्य एकल साँझ २०८३’ कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु बज्राचार्यलाई सम्मान गर्दै हाम्रो ऐतिहासिक चर्या परम्परालाई जोगाउन अग्रजहरूको ज्ञान र सिपलाई लिपिबद्ध गरेर नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय