काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको विशेष निरीक्षण गर्नुभएको छ।

निगमका निमित्त निर्देशक नागेन्द्र शाहको टोलीबाट तेलको भण्डारण र आपूर्तिबारे जानकारी लिएपछि मन्त्री यादवले देशमा बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आयातको असर कम गर्न वैकल्पिक उपाय खोज्नुपर्नेमा जोड दिनुभयो।

नेपालमा तेलको परनिर्भरता घटाउन स्वदेशमै ‘इथानोल’ उत्पादन गर्नुपर्ने बताउँदै उहाँले यसका लागि आवश्यक नीति र सहज वातावरण बनाउन सरकार तयार रहेको र इथानोल उत्पादनको काममा अघि बढ्न निजी क्षेत्रलाई विशेष आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय