काठमाडौँ: सत्य र न्याय नै हराएको भन्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर अनौठो र सांकेतिक विद्रोह गरेका छन्।

अदालतभित्र सर्वसाधारणका रिट निवेदन समेत दर्ता हुन नसक्ने चरम बेथिति मौलाएपछि नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले यो कडा कदम चालेका हुन्।

बारको पूर्वनिर्णयअनुसार दिउँसो ठीक १ बजे हात-हातमा लालटिन बोकेर सर्वोच्चको प्राङ्गणमा उत्रिएका कानुन व्यवसायीहरूले न्यायालयभित्रको अन्धकार र बेथितिको कडा विरोध गरे।

देशको सर्वोच्च न्यायिक निकायभित्रै न्याय पाउन छाडेको भन्दै वकिलहरूले लालटिन बालेर आक्रोश पोखेपछि आज अदालत परिसर निकै तनावग्रस्त र तरंगित बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय