काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन तथा संसद्को चालू बर्खे अधिवेशन लगायतका विषयमा छलफल गर्न बुधबार बैठक बोलाइएको हो ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

रास्वपाले भदौभित्र पहिलो महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाइसकेको छ । यसअघि महाधिवेशन कार्यविधि पारित गर्दै कार्यतालिका समेत सार्वजनिक गरिसकेको पार्टीले जनाएको छ ।
यद्यपि, केन्द्रीय महाधिवेशनको औपचारिक मिति भने अझै तय गरिएको छैन ।



