काठमाडौं: रास्वपा सांसद एवं पूर्वमन्त्री जगदीश खरेलले आफूमाथि लागेको ३० अर्बको ‘स्मार्ट टेलिकम’ घोटालाको आरोपलाई संसदबाटै कडा चुनौती दिनुभएको छ।
सोमबार प्रतिनिधि सभामा बोल्दै उहाँले आफूविरुद्ध भ्रामक समाचार छापिएको भन्दै “आरोप प्रमाणित भए राजनीतिबाटै बिदा लिने” घोषणा गर्नुभयो।

आरोप पुष्टि गर्न नसके पत्रकारिता छोडेर पत्रिका नै बन्द गर्न सक्ने हिम्मत छ भन्दै उहाँले सम्बन्धित मिडियालाई खुला चुनौती दिनुभएको हो।
यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै उहाँले यस्ता भ्रामक खबरको कडा शब्दमा भर्त्सना गर्नुभएको छ।



