काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट शक्तिहरूलाई समाप्त पार्न भइरहेको घेराबन्दी र ‘जिरो’ मा झार्ने षड्यन्त्र विरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
निर्मल लामा स्मृति दिवसको अवसरमा बोल्दै उनले अब विगतका मतभेदलाई त्यागेर विचार र संगठनमा एकताबद्ध हुनु बाध्यात्मक भइसकेको उल्लेख गरे ।

सोही क्रममा प्रचण्डले काठमाडौंका मेयर बालेन शाहको कार्यशैलीले श्रमजीवी र गरिब वर्गमाथि प्रहार गरेको आरोप लगाउँदै, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि स्थानीय तहदेखि नै वामपन्थी र देशभक्त दलहरूबीच बलियो मोर्चा आवश्यक रहेकोमा जोड दिएका छन् ।



