काठमाडौं: सरकारले विदेशस्थित १५ जना अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै यही वैशाख २८ गते सोमबार दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि भएको जानकारी दिनुभयो।

बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी दुई अन्तर्राष्ट्रिय श्रम प्रोटोकल अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

सरकारका अनुसार यसले श्रम मापदण्ड र श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय