काठमाडौँ: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौँको अनियमितता प्रकरणमा अख्तियारले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ३ पूर्व सचिवसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ठेक्का सम्झौताको नियमविपरीत चिनियाँ ठेकेदार कम्पनीलाई अस्वाभाविक रूपमा राजस्व छुट दिएर राज्यलाई करोडौँ घाटा पुर्‍याएको आरोपमा अख्तियारले यो कडा कदम चालेको हो।

मुद्दामा पूर्व सचिवहरू शंकर अधिकारी, केबल भण्डारी र सुरेश आचार्यलाई समेत विपक्षी बनाउँदै ठूलो रकम बिगो दाबी गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनामा भएको यो नीतिगत भ्रष्टाचारले राजनीतिक र प्रशासनिक वृत्तमा ठूलो हलचल पैदा गरिदिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय