काठमाडौँ: बचतकर्ताको पसिना खाएर फरार हुनेहरू विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कडा कदम चालेको छ।

समितिले आज एकैपटक १० वटा समस्याग्रस्त सहकारीका ‘ठूला ऋणी’ हरूको नामावली सार्वजनिक गर्दै उनीहरूलाई कानुनी कठघरामा उभ्याउने संकेत दिएको हो।

समितिले ओरियन्टल, गौतम श्री र तुलसी जस्ता ठूला सहकारीका ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न कडा निर्देशन दिएको छ।

“अब पनि अटेर गरे कानुन बमोजिम सम्पत्ति जफत र कडा असुली प्रक्रिया अघि बढ्छ,” समितिले चेतावनी दिएको छ।

यो त सुरुवात मात्र भएको र अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गर्दै जाने समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय