काठमाडौँ: नेपाली कांग्रेसले सरकारका पछिल्ला कदमहरूविरुद्ध संसद्मा सशक्त उपस्थिति जनाउन आफ्ना सांसदहरूलाई विशेष प्रशिक्षण दिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई विधायकको भूमिका र संसदीय प्रभावकारिताबारे प्रशिक्षित गर्नुभएको हो।

प्रशिक्षणका क्रममा सरकारले ल्याएका नयाँ अध्यादेशहरू र सुकुम्बासी बस्तीमा विकल्पबिना चलाइएको डोजरका विषयमा समेत गम्भीर छलफल भएको छ।

यी मुद्दाहरूलाई संसद्मा जनमुखी ढङ्गले उठाउन र सरकारलाई दबाब दिन कांग्रेसले आफ्नो साझा रणनीति तय गरेको छ, जसले आगामी संसदीय बैठकहरूमा कांग्रेस थप आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय