काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि मन्त्री र सांसदबीच छलफल गर्ने कार्यक्रम अन्तर्गत आज ‘पूर्व बजेट छलफल’ आयोजना गरेको छ ।

आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा हुने छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुनेछन् ।

रास्वपाका अनुसार आगामी बजेटलाई प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन सांसदहरूको सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय