काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनामा महत्त्वपूर्ण हेरफेर गरेको छ।

पार्टी सचिवालयको पछिल्लो निर्णयअनुसार दुई प्रभावशाली नेताहरूलाई नयाँ जिम्मेवारी सुम्पिएको हो।

यसअघि नवप्रवर्तन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका श्री भुवन केसी र प्रचारप्रसार विभागका सदस्य श्री आनन्द कुमार मिश्रलाई अब पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यका रूपमा मनोनयन गरिएको छ।

पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी निर्वाचन सम्बन्धी आन्तरिक रणनीतिलाई व्यवस्थित गर्न यो निर्णय गरिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय