काठमाडौं: काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको लगत संकलन कार्य दशरथ रंगशालामा तीव्र पारिएको छ।

वैशाख १२ गतेदेखि सुरु भएको यस प्रक्रियामा हालसम्म ३ हजार १ सय ११ परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा रंगशालाको पश्चिमतर्फ डेस्क राखेर विवरण संकलन गरिरहेका छन्।

लगत संकलन मात्र नभई, काठमाडौं महानगरपालिकाको विशेष समन्वयमा प्रभावित नागरिकहरूका लागि रंगशालाभित्रै स्वास्थ्य परीक्षण, खानपान र राष्ट्रिय परिचयपत्र बनाउने जस्ता आधारभूत सेवाहरू समेत उपलब्ध गराइएको छ।

वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि यो तथ्यांक संकलनलाई महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय