काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ८ वटै अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ।
आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकले नयाँ राजनीतिक घटनाक्रम र संसद अधिवेशन आह्वानका विषयमा महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ।

हिजो पनि बैठक बसेकोमा राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्री शाहले आज पुनः बैठक डाक्नुभएको हो।
आजको बैठकले संसदको आगामी अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मुख्य एजेण्डा रहेको बुझिएको छ।



