काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।

यसअघि बहुमतको प्रावधानमा असहमति जनाउँदै राष्ट्रपतिले फिर्ता पठाए पनि सरकारले कुनै परिमार्जन नगरी जस्ताको तस्तै पुन: सिफारिस गरेपछि संवैधानिक बाध्यताका कारण राष्ट्रपतिले आज यसलाई स्वीकृत गर्नुभएको हो।

अध्यादेश जारी भएसँगै अब ६ सदस्यीय परिषद्‍मा ३ जना मात्रै उपस्थित भएर पनि महत्वपूर्ण संवैधानिक नियुक्तिहरूको निर्णय गर्न सक्ने कानुनी बाटो खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय