काठमाडौँ: काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आजदेखि नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले भवनको उद्घाटन गर्दै पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदानसम्बन्धी फाइल स्वीकृत गरेपछि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।

कार्यक्रममा विभिन्न समिति संयोजक तथा वडावासीको उपस्थिति थियो। करिब १४ हजार वर्गफुट क्षेत्रफलमा बनेको उक्त भवनमा सामाजिक सुरक्षा, राजस्व, दर्ता, प्राविधिक सेवा, लेखा लगायतका सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ।

अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि लिफ्ट र र्‍यामसहितको पहुँच सुनिश्चित गरिएको छ।

भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण गरिएको यो भवन आधुनिक सुविधासहित करिब ४ करोड ७७ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय