काठमाडौ: १६ वर्षदेखि बन्द नवलपुरको भृकुटी कागज कारखानाका ३३३ जना श्रमिकले आफ्नो करिब ४० करोड रुपैयाँ पारिश्रमिक माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाएका छन्।
‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियान’ मार्फत बुझाइएको उक्त पत्रमा लामो समयदेखि तलब नपाउँदा कतिपय श्रमिकको मृत्यु भइसकेको उल्लेख गर्दै कारखानाको ६० बिघा जग्गालाई कृषि वा नमुना बजारका रूपमा विकास गर्न माग गरिएको छ।

आगामी ५ दिनभित्र माग सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।



