काठमाडौँ: प्रवक्ता सस्मित पोखरेलले लिपुलेक लगायतका विवादित क्षेत्रहरू नेपाली भूमि भएको र यसमा सरकारको अडान स्पष्ट रहेको बताउनुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पोखरेलले सीमा विवादका विषयमा परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरी औपचारिक पत्र समेत पठाइसकेको जानकारी दिनुभयो।

यो समस्यालाई दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत टुङ्गो लगाइने उहाँको भनाइ छ।
यसका साथै, प्रवक्ता पोखरेलले मन्त्रालयहरू गाभ्ने विषयमा प्राविधिक अध्ययन भइरहेको र सिंहदरबारमा सञ्चारकर्मीको प्रवेशलाई निषेध नभई थप व्यवस्थित मात्र गर्न खोजिएको प्रष्ट पार्नुभयो।



