काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू ‘दक्ष र प्रशिक्षित’ हुनैपर्ने अनिवार्य नियम ल्याएको छ।

अब पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने जो-कोही सदस्यले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’ को प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्नेछ।

उम्मेदवार छनोट रूपरेखा निर्माण समितिले तयार पारेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा प्रतिवेदन आज पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।

केवल लोकप्रियताका भरमा नभई नेतृत्व क्षमता र एजेन्डामा स्पष्ट भएका व्यक्तिलाई मात्र चुनावी मैदानमा उतार्न रास्वपाले यो नयाँ पद्धति भित्र्याएको हो।

यसले टिकट वितरणको परम्परागत शैलीलाई बदल्ने र राजनीतिमा योग्यता प्रणाली (Meritocracy) स्थापित गर्ने विश्वास पार्टीले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय