काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्यमा सागर ढकाल नियुक्त हुनुभएको छ।

आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमका बीच पार्टी सभापति रवि लामिछानेले ढकाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।

डडेलधुराबाट चुनाव लडेर चर्चामा आएका इन्जिनियर ढकालको आगमनले रास्वपाको नीति निर्माण र सचिवालयलाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ।

युवा र बौद्धिक व्यक्तित्वलाई पार्टीको जिम्मेवार तहमा भित्र्याउने रणनीतिअनुसार ढकाललाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय