काठमाडौ: क्याम्पा ब्रान्डअन्तर्गतको नयाँ ऊर्जा पेय ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। सीजी रिलायन्स बेभरेज प्रा. लि.ले २५० एमएल क्यानको मूल्य रु. ८० निर्धारण गर्दै इनर्जी ड्रिंक बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो।
कम्पनीका अनुसार यो उत्पादनसँगै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्जपछि क्याम्पा पोर्टफोलियो विस्तार भएको छ। साथै, कार्बोनेटेड सफ्ट ड्रिंकभन्दा बाहिर ऊर्जा पेय क्षेत्रमा पनि कम्पनीले आक्रामक विस्तारलाई निरन्तरता दिएको जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तरलाई ध्यानमा राखेर तयार गरिएको क्याम्पा इनर्जी गोल्ड बुस्ट सुलभ मूल्यमा उपलब्ध गराइएको कम्पनीको दाबी छ। उत्पादन मकवानपुरको मनहरीस्थित बोटलिङ प्लान्टमा भइरहेको छ भने देशभरका खुद्रा पसलहरूमा बिक्री सुरु भइसकेको छ।
उपभोक्ताबाट प्राप्त प्रारम्भिक प्रतिक्रियाअनुसार यसको स्वाद, क्याफिनको प्रभाव र दिने ‘किक’ प्रति सकारात्मक प्रतिक्रिया देखिएको कम्पनीले जनाएको छ।
सीजी रिलायन्स बेभरेज प्रा. लि. चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडबीचको संयुक्त लगानीमा स्थापित कम्पनी हो। चौधरी ग्रुप नेपालकै अग्रणी व्यवसायिक समूह हो भने रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड रिलायन्स इन्डस्ट्रिज लिमिटेडअन्तर्गतको एफएमसिजी व्यवसाय हो, जसले क्याम्पा ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै लगेको छ।




