काठमाडौँ: सरकारले जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण कार्यलाई अन्तिम रूप दिँदै कुल संख्या २ हजार ६ सय ६० पुर्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक प्राप्त २५० जनाको निवेदनमध्ये कठोर मापदण्ड र अस्पतालको रेकर्डका आधारमा २२ जनाको नाम थप गर्दै यो प्रक्रिया सम्पन्न गरेको हो।

स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार भदौ २३ र २४ गते देशभरका ९९ अस्पतालमा उपचार गराएका र अस्पताल प्रमुखबाट प्रमाणीकरण भएका घाइतेहरूलाई मात्र यस सूचीमा समावेश गरिएको छ।
नयाँ सूचीकृत घाइतेहरूको नामावली गृह मन्त्रालयमा पठाइसकिएको छ, जसले गर्दा उनीहरूले अब राज्यका तर्फबाट अध्ययन कोटा, रोजगारीमा प्राथमिकता र नि:शुल्क उपचार जस्ता महत्वपूर्ण सुविधाहरू प्राप्त गर्ने बाटो खुलेको छ।



