काठमाडौं: टि ट्वान्टी टोलीमा ठूलो हेरफेर गर्दै क्यानले दीपेन्द्र सिंह ऐरीलाई कप्तान बनाएको छ। नियमित कप्तान रोहित पौडेल नै टोलीबाहिर परेपछि नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।

दीपेन्द्रको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा कुशल मल्ल, साहब आलम र अर्जुन साउदले पुनरागमन गरेका छन् भने सन्तोष यादव पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन्।

यस पटक रोहित पौडेल, आशिफ शेख, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी जस्ता अनुभवी खेलाडीहरू टि ट्वान्टी टोलीबाट बाहिरिएका छन्।

दीपेन्द्रसहित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।

नेपालले सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा युएईविरुद्ध फ्लडलाइटमा टि ट्वान्टी सिरिज खेल्नेछ, जहाँ सबैको नजर अब नयाँ कप्तान दीपेन्द्रको नेतृत्वमा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय