काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा प्रधानमन्त्रीले उहाँलाई मन्त्री पदबाट हटाउनुभएको हो।

मन्त्री साहले पदीय मर्यादाविपरीत आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको पाइएपछि पार्टीले उहाँमाथि कारबाही गरेको हो।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले गरेको छानबिनमा मन्त्रीको यस्तो गतिविधिबाट पार्टीको छवि र सिद्धान्तमा आँच पुगेको ठहर गरिएको थियो।

सोही प्रतिवेदनका आधारमा पार्टी सभापति रवि लामिछानेले मन्त्री साहलाई तत्काल पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नुभएको थियो।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार, रास्वपाको सिफारिस र पदीय दुरुपयोगको आधारमा मन्त्री साहलाई पदमुक्त गरिएको हो।

यसैगरी, यो विषयमा आवश्यक गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउनुभएको छ।

रास्वपाले आफ्नो विधानमा रहेको ‘राइट टु रिकल’ (जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने) व्यवस्थाअनुसार मन्त्री साहलाई फिर्ता बोलाएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय