काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गर्नुभएको छ। भेट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको हो।

भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा राजदूतहरूले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए। साथै, नेपाल सरकारका कार्यक्रमहरूलाई परिणाममुखी बनाउन आवश्यक सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता जनाएका छन्।




