काठमाडौँ; कानुनमन्त्री सोविता गौतम र स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत म्युलीले मन्त्री गौतमलाई बधाई दिँदै नेपालको न्याय क्षेत्रको सुधारमा स्विट्जरल्यान्डको साथ रहने प्रतिबद्धता जनाउनुभयो।

विशेषगरी नेपालको शान्ति प्रक्रिया र जनताको न्यायमा पहुँच बढाउने विषयमा दुई पक्षबीच गहन छलफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय