काठमाडौँ; राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उपाध्यक्ष भण्डारीलाई शपथ गराउनुभएको हो।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। भण्डारी आजै राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।





