काठमाडौं: मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल गरिएको छ। राष्ट्रपतिबाट अनुमोदन गरिएको नयाँ मर्यादाक्रम अनुसार केही मन्त्रीहरूको स्थानमा परिवर्तन देखिएको छ भने केही यथावत् रहेका छन्।
नयाँ सूची अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा कायम रहेका छन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा यथावत् छन् भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा निरन्तरता पाएका छन्।

यता, गृहमन्त्री सुधन गुरुङको स्थान भने घटेको देखिएको छ। उनी अघिल्लो क्रममा तेस्रो स्थानमा रहे पनि नयाँ मर्यादाक्रममा पाँचौं स्थानमा झरेका छन्।
सरकारले मन्त्रिपरिषद्भित्र कार्य विभाजन, प्राथमिकता र समन्वयलाई ध्यानमा राख्दै मर्यादाक्रम हेरफेर गरिएको जनाएको छ।



