काठमाडौं; नेपाली क्रिकेटको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फाप्ला इन्टरनेसनल क्रिकेट मैदान र स्पोर्ट्स भिलेज अब छिट्टै मूर्तरूप पाउने संकेत देखिएको छ।
शिक्षा, विज्ञान, प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कैलाली क्षेत्र नं. २ का संघीय सांसद केपी खनालले फाप्लाको स्थलगत निरीक्षण गर्दै आयोजनालाई गति दिने घोषणा गर्नुभएको हो।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले फाप्लालाई राष्ट्रिय गौरवको आयोजनाकै रूपमा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले यस क्षेत्रको खेलकुद पूर्वाधार निर्माणमा देखिएका कानुनी र प्राविधिक अड्चनहरूलाई यथाशीघ्र सम्बोधन गरी निर्माण कार्यलाई गति दिने विशेष चासो व्यक्त गर्नुभएको छ।




