काठमाडौं । कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद केपी खनाल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यमा मनोनित भएका छन्।
संसदको कार्य सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक बनाउन गठित उक्त समितिमा खनाललाई सदस्यको जिम्मेवारी दिइएको हो।

कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूची तय गर्ने, संसद सञ्चालनमा सहजीकरण गर्ने तथा विभिन्न दलबीच समन्वय कायम गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ। खनालको मनोनयनसँगै समितिको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।



