काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई लिएर भइरहेको चर्चामा रास्वपा सभापति रवि लामिछानेले कडा प्रतिक्रिया दिएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो कदमलाई ‘प्रतिशोध’ भन्न नमिल्ने बताएका हुन्।
“आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई न्यायको हतारो छ,” लामिछानेले भावुक हुँदै भने, “न्याय पाउने पहिलो हक सहिद परिवार र घाइतेहरूको हो। न्यायको हक सबैलाई समान हुन्छ।”

ओली र लेखकलाई बदला लिन पक्रिएको हो? भन्ने प्रश्नमा उनले कडा जवाफ दिँदै भने, “त्यो त आम नागरिकले हेरिराख्नुभएको छ नि! हाम्रा हरेक गतिविधि र निर्णय जनताको अगाडि छर्लङ्ग छन्।” लामिछानेको यो भनाइले सरकारले चालेको ‘हाइ-प्रोफाइल’ पक्राउको कदमलाई पूर्ण समर्थन रहेको सङ्केत गरेको छ।



