काठमाडौँ; मालपोत कार्यालय भरतपुरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई ठगी गर्ने ६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार विशेष अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कार्यालय परिसरमा अनधिकृत व्यक्तिहरू पसेर सेवाग्राहीलाई झुक्याउने, अनावश्यक दु:ख दिने र ठगी गर्ने गरेको व्यापक गुनासो आएपछि प्रहरीले यो कदम चालेको हो। पक्राउ परेकाहरूले ‘सेटिङ’ मिलाइदिने बहानामा सर्वसाधारणबाट रकम असुल्ने गरेको पाइएको छ।

मालपोत कार्यालयले अबदेखि आधिकारिक कागजात र प्रक्रियाका आधारमा मात्र काम अगाडि बढाइने स्पष्ट पारेको छ। सेवाग्राहीहरूलाई कुनै पनि अनधिकृत व्यक्तिको भर नपर्न र सिधै आधिकारिक काउन्टर वा दर्ता भएका भू-सेवा सञ्चालकहरूसँग मात्र सम्पर्क गर्न कार्यालयले अपिल गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय